अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको अर्थमन्त्री शर्माकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ ।

काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताउनुभयो ।

उहाँले तरलतामा देखिएको सुधारोन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको बताउनुभयो । अहिले विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको उहाँको भनाई छ ।

गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पाठ सिकेर अहिले अर्थमन्त्रालय र मातहतका निकायले बेलैमा पहल थालेको पनि उहाँको दाबी छ ।

अर्थमन्त्री शर्माले नेपाल श्रीलंका हुन्छ भन्ने नकारात्मक हल्लाकाबीच बेलैमा होसियारी अपनाउँदा अवस्था त्यस्तो हुन नगएको र अर्थतन्त्र थप बिग्रन नदिएको समेत बताउनुभयो ।

अब अर्थतन्त्र लयमा आउने आफूले विश्वास गरेको र देशभित्र लगानीमैत्री वातावरण बन्दै गएको उहाँको दाबी छ । साथै अर्थमन्त्री शर्माले उद्योगीलाई लगानी गर्न पनि आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्