रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव भव्यतापूर्वक मनाइँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ भाद्र । लाजिम्पाटस्थित नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्ट रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भदौ १८ देखि २२ गतेसम्म विशेष कार्यक्रमका साथ भव्यतापूर्वक मनाउने भएको छ।

यस पाँचदिने उत्सवमा दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य कार्यक्रम, चर्चित अतिथि कलाकारहरूको विशेष प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण र लेट–नाइट डीजे सेसन समावेश रहनेछ।

प्रमुख कार्यक्रमहरूः

१. भदौ १८ः चर्चित गायक राजु परियार
२. भदौ १९ः चर्चित गायिका ज्योति मगर
३. भदौ २०ः चर्चित गायक पशुपति शर्मा
४. भदौ २१ः विशेष तामाङ सेलो कार्यक्रम – चर्चित गायक रोज मोक्तान, फूल कुमार बम्जन र कोशिश थोकर
५. भदौ २२ः चर्चित डान्सर तथा मोडल सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखे

समारोहको उद्घाटन संविधान सभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सदस्य माननीय तीर्थ लामा ज्युबाट हुने तय भएको छ।

गत एक वर्षको उपलब्धि र अनुभवलाई स्मरण गर्दै, रोयल नेपाल रोधी क्लबले यस वार्षिकोत्सवलाई नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगमका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ। क्लबले आगामी दिनमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रीमियम पेय पदार्थ तथा आकर्षक सांगीतिकरसांस्कृतिक प्रस्तुतिमार्फत पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

क्लबका प्रबन्ध निर्देशक सुनील छेवाङ लामाका अनुसार, रोयल नेपाल रोधी क्लबले आफूलाई केवल रेष्टुरेन्ट मात्र नभई संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य राखेको छ।

यस वार्षिकोत्सवको अवसरमा क्लबले २० प्रतिशत विशेष छुट प्रदान गर्ने योजना बनाएको छ। उत्कृष्ट भोजन, प्रीमियम पेय र उच्चस्तरीय मनोरञ्जनको संयोजनमार्फत अतिथिहरूलाई अद्वितीय अनुभव प्रदान गर्दै आएको क्लबले यस अवसरमा सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्