कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट एक होटल सञ्चालक पाँच किलो भन्दा धेरै चरेशसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पाँच किलो छ सय ९० ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका–८ घर भइ धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका राम बोहरा आज बिहान पक्राउ परेका हुन् ।
होटलमा शङ्का लागि चेक गर्दा चरेश फेला परेको हो । बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











