रूसद्दारा किभस्थित युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २१ को मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ भदौं । रुसले युक्रेनमा ५ सय ९८ ड्रोन र ३१ वटा मिसाइल प्रहार गरेको छ ।

यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 

साथै, सो घटनामा परी ४५ जना थप घाइते भएका छन् । 

युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले भने, ‘रसियाले शान्तिको सट्टा क्षेप्यास्त्र रोजेको छ।’

रुसी क्षेप्यास्त्रका कारण ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ । बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो ।
युरोपियन युनियन मिसन भवनहरु क्षतिग्रस्त भएको छ। 

बेलायत र युरोपेली संघले रुसलाई चेतावनी दिए पनि ह्वाइट हाउसले भने शान्ति स्थापनाका लागि वार्ता जारी रहने बताएको छ ।

बेलायत र युरोपेली संघले किभमा भएको आक्रमणमा कार्यालयमा क्षति पुगे पछि रुसी राजदूतलाई बोलाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भेट भएको १३ दिनपछि यो हमला भएको हो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्