भदौ १३, काठमाडौं । रोल्पामा सहिदमार्ग अवरुद्ध भएको छ । माडी गाउँपालिका–२, पाछामा घोराही–थबाङ सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शुक्रबार भदौ १३ बिहान करिब ७ः४५ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको लेदो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।












