शेयर बजारमा उच्च सुधार, नेप्से ५३ अंकले उकालो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, भदौ ११। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। कारोबारको अन्त्यमा नेप्से ५३.०१ अंकले बढेर २,८१९.१० विन्दुमा पुगेको छ।

आज बजारको समग्र सूचक मात्र होइन, सबै उपसमूहहरू सकारात्मक रहन पुगेका छन्। तीमध्ये विकास बैंक समूहको शेयर मूल्य सबैभन्दा धेरै, ३.४० प्रतिशतले बढेको छ भने उत्पादन र व्यापार समूह क्रमशः २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

आजको दिन विकाश हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ। सो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। अर्कोतर्फ, कुमारी बैंकको डिबेन्चर २०८६ को मूल्य ५.७९ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट आएको छ।

बजार सुधारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। हिजोको ४ अर्ब १८ करोड रुपैयाँको तुलनामा आज कारोबार रकम ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। आज ३२१ वटा कम्पनीका १ करोड ४९ लाख कित्ता शेयर किनबेच भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्