आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख+

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आजलाई ठूलो पानी पर्ने सम्भावना कतै नभएपनि हल्कादेखि मध्यम वर्षा भने विभिन्न ठाउँमा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसोलाई भारी वर्षाको सम्भावना नभएपनि रातिलाई भने गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्