समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको हाल ८० प्रतिशत मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

यद्यपि उक्त मतपरिणम आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको आयोगले जनाएको छ ।

यसपटकको आमनिर्वाचनमा एक करोड ७९ लाख ८ हजार ८५० मध्ये झण्डै ६१ प्रतिशत मत खसेको थियो । कूल खसेको मतको ८० प्रतिशत मतगणना गरिसक्दा अब समानुपातिक प्रणालीतर्फ  झण्डै २४ लाख मत गणना गर्न बाँकी रहेको आयोगले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्