दवावले होइन मनले नमानेपछि राजीनामा दिएको हु रामहरी खतिवडा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दवाव नदिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद भवनमा सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दवाव नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताउनुभयो । यद्दपी मनले नमानेपछि राजीनामा दिएको उहाको भनाइ छ ।

खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानविन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सवै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गर्नुभयो ।

खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिदै मंगलबार पदबाट राजीनामा दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्