चितवन रंगशाला निर्धारित समयमा सम्पन्न हुनुपर्छ: प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २५ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिए। 

आज रंगशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए। रंगशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे। उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले रंगशालाको प्रगति बारेमा जानकारी गराएका थिए। 

हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिए। भरतपुर महानगरपालिका–१५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माणाधीन छ। रंगशाला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ। रंगशालाको निर्माण लागत रु ७८ करोड ५० लाख ९१ हजार छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्