काठमाण्डौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत आयात परिमाण घट्दै गएको बताएका छन् । प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा बताएका हुन् ।
उनले विगतमा बिजुलीको प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरुमा विद्युत कटौती गरिदै आएकोमा अबदेखि उद्योगगमा पनि विद्युत प्रवाह बढाइएको बताएका छन् ।
उनले लेखेका छन् ‘‘हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौै । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरुमा विद्युत कटौती गरिदै आएकोमा अब उद्योगगमा पनि विद्युत प्रवाह बढाइएको छ ।’’
साथै प्रधानमन्त्रीले यस वर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्न सरकार सफल भएको पनि बताएका छन् ।











