सुरेश बानियाँको तीज उपहार : चेलीहरूको भावनाले भरिएको ‘माइतीको देशैमा’

खबर बुक
  • ख-
  • ख+

सर्जक सुरेश बानियाँले नयाँ तीज गीत माइतीको देशैमा सार्वजनिक गरेका छन् । धादिङे सर्जक बानियाँले यसपाली तीजलाई लक्षित गरी टीका पुन र किरण श्रीपालीको स्वरमा तीज गीत माइतीको देशैमा सार्वजनिक गरेका हुन् ।

जन्मदाता आमालाई केन्द्र बनाएर रचिएको यस गीतको शब्दसँगै संगीत पनि स्वयं बानियाँकै हो । गीतमा माइतीको याद, चेलीको वेदनालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

चित्र मास्की मगरको निर्देशन रहेको भिडियोमा व्यस्त मोडलहरु रेणु दुलाल, जुना गुरुङ, एलिना रायमाझीका अनुस्का खड्का र पासाङ डोल्मा फिचर्ड छन् ।

सुनिल भण्डारीले खिचेको भिडियोलाई पदम सुवेदीले काँटछाँट गरेका छन् । गीतको भिडियो नेपालय टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सत्य कसम छैन खराब म जस्ता गीतबाट सांगीतिक यात्रा सुरु गरेका सुरेश बानियाँले यसअघि पनि ‘ताल्चा ढोकामा’, ‘पुलमा रस छ के’, ‘साइलो नरमाइलो’ लगायतका लोकप्रिय गीतहरू बजारमा ल्याइसकेका छन्।
उनको सिर्जनामा गहन भावना, नेपालीपनको आत्मा र संगीतिक सौन्दर्य सधैं देखिन्छ। सर्जक बानियाँ एकै साथ गीत, संगीत, एरेन्जमेन्ट सम्हाल्ने बहुआयामिक कलाकारका रूपमा चिनिन्छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्