प्रचण्डको आब्हानमा कांग्रेस र एमालेबाहेक दलको बैठक सिंहदरबारमा जारी

  • ख-
  • ख+

काठमाडौं, २१ साउन । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त बैठक जारी रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सो बैठक बसिरहेको हो ।

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार  संसदमा रहेका कांग्रेस र एमाले बाहेकका दलका नेता तथा संसदीय दलका नेताहरूको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसिरहेको हो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्