काठमाण्डौं, २१ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।
आज (बुधबार) काठमाडौंको भृकुटिमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो उद्घाटन गर्दै गुणस्तरीय सडकका साथै सहरी पूर्वाधारमा सरकारले विशेष ध्यान दिएको बताएको हो ।
उनले सडकको सन्दर्भमा धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिक रुपमा सार्थक तुल्याउन लागि लागि परेको धारणा राखे ।
सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेको उहाले बताउनुभयो । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले भू–बनोटको आवश्यकता अनुसार आरसिसि कस्ट्रक्सनमा ध्यान दिएको जिकिर गरे ।
काठमाडौँको भृकुटीमण्डपमा साउन २५ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने बताइएको छ ।











