रामहरि भन्छन् -कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २० । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष नरहेको बताउनुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गदै खतिवडाले संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा समेत आफ्नो दोष रहेको कतिकतै उल्लेख नरहेको जिकिर गर्नुभयो ।

नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले दोष देखिए कारबाही भोग्छु भनेर सुरुदेखि नै भनिएरहेको बताउनुभयो । कुलिङ पिरियड रहनुपर्छ भन्नेमा आफु निरन्तर रहेको भन्दै उहाले राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा रहेको धारणा राख्नुभयो ।

उहाले आफुले कुलिङ पिरियडसहितको व्यवस्थासहितको प्रतिवेदनमा हस्ताक्षर गरेर पठाएको उल्लेख गर्दै कहाँ गल्ति भयो भनेर आफ्नौ अनुरोधमा छानविन भएको तर्क गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्