कुलिङ पिरियडमा देखिएको त्रुटिमा रामहरि खतिवडा जिम्मेवार रहेको निष्कर्ष

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २० साउन । सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको जालसाजी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सर्वसम्मतिले प्रतिवेदन पास गरेको छ । समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।

कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका समिति सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरा जिम्मेवार रहेको निष्कर्ष निकालेको हो ।

रातभर बसेको छानबिन समितिको बैठक मंगलबार बिहान ४ बजे सकिएको हो ।

समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्