काठमाडौं, साउन १३ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उद्योगी व्यवसायीहरुलाई सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस वित्तिय संस्था समन्वय विभागद्वारा आयोजित वर्तमान अवस्थामा देशको वित्तिय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपति नै भएकाले केहि समस्या भए समाधान गर्न आफुहरु तयार रहेको बताउनुभएको हो ।
उहाले उद्योगी व्यवसायीहरुले आफैपनि काम र मेहनत गर्नुपर्ने भन्दै सवै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न नपाइने जिकिर गर्नुभयो । सभापति देउवाले कांग्रेस र एमालेबीच सरकार गठनका समयमा भएको सात बुदे सहमतिको उदेश्य नेपालको अर्थतन्त्र चलायमान गराउनुपनि रहेको बताउनुभयो । गत बर्षको तुलनामा वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएको उहाको भनाइ छ ।
उहाले सहकारीबाट ठगिएका बचतकर्ताको रकम यथासिघ्र फिर्ता गराउनका लागि प्रभावकारी ढंगले लाग्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।












