अख्तियारसम्बन्धी विधेयक संसदीय समितिमा थन्क्याएर राखेका भन्दै विरोध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक संसदीय समितिमा थन्क्याएर राखेका भन्दै विरोध जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदीय उपसमितिले गत पुस ४ गते पारित गरेर बुझाएको विधेयकमाथि मूल समितिमा छलफल नभएपछि विरोध जनाएका हुन्।

अहिले अख्तियारसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छ। उनले सँगै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयकले कानुनको रूप लिइसक्दा पनि अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राख्नुको कारण के हो? भन्दै प्रश्न गरे। 

‘मुलुकमा ठुला भ्रष्टाचार नीतिगत निर्णयका माध्यमबाट हुने अख्तियारको सर्वेक्षण र दाबी र ऐनमा पनि नीतिगत निर्णयको व्याख्या गरिदिन बारम्बार अनुरोध गरेको परिप्रेक्ष्यमा यदि नीतिगत निर्णयको व्याख्याकै कारण उक्त विधेयक रोकिएको हो भने मुलुकका लागि कदापि राम्रो हुँदैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्