काठमाण्डौं, ७ साउन । तमोर नदीमा पानीको बहाव बढेर जलसतहले सतर्कता तह पार गरेको छ । नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
नदीले जलसतह पार गरेसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
त्यस्तै आज बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित देशका थोरै ठाउँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।












