बलेरोको ठक्करबाट चितवनमा एक युवकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

चितवन, ६ साउन । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।्र

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका- १ शाहीचोकमा ना ३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्