गण्डकीमा मुख्यमन्त्रीका दाबेदार अधिकारी कास्की १(१) बाट निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ मंसिर । गण्डकी प्रदेश सभाको कास्की १ १ बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ५२३ प्राप्त गरे । कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो ।

गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्