राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ असार। बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूमा उक्त गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।
उनीहरूको सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उद्धार गरेको हो ।

गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्