मोरङ, २३ असार । स्रोत नखुलेको रकम सहित पक्राउ भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट स्रोत नखुलेको भारतीय २ लाख ३२ हजार ५ सय रूपैयाँ सहित भारत बिहार जोगवनी–४ बस्ने २६ वर्षीय मोहमद हविबलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












