विश्वकपमा स्विट्जरल्याण्डसँगक्यामरुन १-० ले पराजित

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर  ।  विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो ।

खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा निर्णायक बन्यो । गोल गर्दै इम्बोलेले टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका हुन् ।

उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए । जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ । यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन् । ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ । ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्