बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई सामुहिक छलफलमा बोलाएका छन्।

आज दिउँसो २ः०० बजे समितिका सभापतिहरूसँग संघीय संसद भवन, नयाँ बानेश्वरमा सभामुखले छलफलका लागि बोलाएका हुन ।

छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘सभामुखले २ः०० बजे समिति सभापतिहरूसँग शंकर हल, नयाँ बानेश्वरमा छलफल गर्दै हुनुहुन्छ, आजको छलफलको विषय रहेको छ–विधेयकको अवस्था लगायत ।’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्