सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित

खबर बुक
  • ख-
  • ख+

सिरहा, ८ मंसिर । सिराहामा पनि जनमत पार्टीले खाता खोलेको छ। सिराहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन्।
साहले माओवादी केन्द्रका महेन्द्र पासवानलाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासवानले ७ हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा सीमित भए । सिराहा ४ (ख) मा पनि जनमत पार्टीका संजय सिंहले अग्रता कायम राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्