सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

खबर बुक
  • ख-
  • ख+

४ वैशाख, काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो ।
सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने बताए ।

उनले भने, ‘समितिभित्र स्वभावमा काम गर्ने प्रभावमा काम नगर्ने हो । समिति र सदन अलि फरक होला । सदनमा दलिय कुराहरु दलगत हिसावमा बहस होला । तर समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने गर्छ । त्यो अभ्यासलाई मान्यज्यूहरुको सिर्जनात्मक सुझावहरु र खबरदारीहरुलाई ग्रहण गर्ने । मेरो ३१ महिनाको अनुभव पनि छ । ति अनुभवहरुलाई पुरस्कृत गरेर लैजाने छु । यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्