हालसम्म १७ प्रतिशत मात्र धान रोपाइँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असार । नेपालमा हालसम्म १७.२ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् ८।२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

यसैगरी कोशी प्रदेशमा १३।७ प्रतिशत, बागमतीमा १९,६ प्रतिशत, लुम्बिनीमा १८।५ प्रतिशत धान रोपाइँ भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा १२।४ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ।

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सहजरूपमा रासायनिक मल उपलब्ध गराउने र उन्नत बीउको प्रबन्ध गरेको छ । सयममै मनसुन समेत शुरु भएकाले यस बर्ष उल्लेख्य रुपमा धानखेती हुने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्