काठमाडौं, असार १३ । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ ।
माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताएका छन ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।












