एमालेको विरोधपछि पनौतीमा नगरसभा नै स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार ९ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ ।नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो । एमालेबाट निर्वाचित उपप्रमुख गीता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो ।

नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख रामशरण भण्डारीले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।नगर प्रमुख भण्डारीले उपप्रमुख सहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकिएको प्रतिक्रिया दिए ।

कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्