कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

न्युज कारखाना
  • ख-
  • ख+

पोखरा, ८ मंसिर
एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।

भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए ।

नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए ।

भट्टराई यसअघि ०७६ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्