रूपन्देही-५ मा एमालेका घिमिरे विजयी

न्युज कारखाना
  • ख-
  • ख+

भैरहवा, ८ मंसिर
रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउदै घिमिरे विजयी भएका हुन् ।

घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शाहले २७ हजार १२० मत प्राप्त गरे । १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्