अर्घाखाँची मतगणना : टाेपबहादुर र पुष्पाबीच प्रतिस्पर्धा

न्युज कारखाना
  • ख-
  • ख+

अर्घाखाँची, ७ मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टाेपबहादुर रायमाझीले आफ्नाे अग्रता कायमै राखेका छन् ।

६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गरेकी छन् । रायमाझी र भुसालबीच दुई हजार ४१ मतकाे अन्तर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका हरिप्रसाद भुसालले २२०१ मत ल्याएका छन् । करिब ३० हजार मत गन्न बाँकी छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्