प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यादवले २२ हजार ५३७ मत ल्याएर विजयी भए भने द्धिवेदीले २० हजार ९१७ मत ल्याएर पराजित भएका हुन् ।













