सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसको अग्रता कायमै

न्युज कारखाना
  • ख-
  • ख+

सप्तरी, ६ मंसिर

सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले  ६ हजार १९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । नेपका एमालेका ताराकान्त चौधरी ३ हजार १ सय ११  मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजु लाल चौधरीले २ हजार २ सय २५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । जसपाका बालकिशोरले १ हजार २ सय ३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । त्यस्तै  जनमत पार्टीका सुकदेव साहले ९ सय १८ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्