स्वतन्त्र पार्टीका सेनसँग विनोद चौधरी ५ सय मतले पछाडि

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर

नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन् । जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्