उदयपुरमा २ मा एमालेका रायमाझी मतान्तर बढाउँदै

न्युज कारखाना
  • ख-
  • ख+

उदयपुर, ६ मंसिर

उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले मतान्तर बढाउँदै अग्रता कायम रहेको छ । उनले १३४०४ मत  प्राप्त गरेको छ । उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ११५३९ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली काग्रेसका क्षेत्रीय सभापति स्वतन्त्र उम्मेदवार रामकुमार राईले ९३३० मत पाएका छन् । अहिले सम्म ३९७५८ मत गणना भई सकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्