रुपन्देही- १ मा घनश्याम भुसाल एमालेका विश्वकर्माभन्दा ५७८ मतले पछाडि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर । स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल रुपन्देही- १ मा ५७८ मतले पछि परेका छन् ।

एमालेका छविलाल विश्वकर्मालाई पछ्याउँदै अघि बढिरहेका भुसालले पछिल्लो मतपरिणामअनुसार १,९६४ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका विश्वकर्माले भने २५४२ मतसहित अग्रता लिएका छन् ।

याे क्षेत्रमा पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका धनिराम चौधरीले १८७७ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका कैलाश गुरुङले १३२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाईले ९५६ मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्