काठमाडौं, ५ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।
चार हजार मतगणना गर्दा सिंहले एक हजार ११८ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार किरण पौडेलले एक हजार १९ मत पाएका छन् ।
राप्रपाका रवीन्द्र मिश्र ८९६ मत ल्याएका छन् भने पुकार बमले ७०२, सुशासन पार्टीका उमेदवार रमेश खरेलले ३५७ मत ल्याएका छन् ।









