बाजुराको त्रिवेणीमा गोली चल्यो : तीन जना घाइते, एकको अवस्था गम्भीर

न्युज कारखना
  • ख-
  • ख+

बाजुरा, ४ मंसिर

बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्