काठमाडौं उपत्यका वायु प्रदूषणको उच्च जोखिममा (तस्बिर/शब्दसहित)

खबर बुक
  • ख-
  • ख+

 २० चैत, काठमाडौं ।यो साता सुरुआतदेखि नै काठमाडौं उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ। प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ। सोही कारण हवाई उडान पनि प्रभावित भइरहेका छन्।

आइतबारदेखि अस्वस्थकर भएको काठमाडौंको वायु गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ। बुधबार बिहान काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडेजस्तो देखिएको छ।

‘आज काठमाडौं सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको दोस्रो स्थानमा पुगेको छ, तर वायु प्रदूषण घटेर होइन, दिल्लीको प्रदूषण बढेर। भोलिदेखि थोरै प्रदूषण घट्ने देखिए पनि आर्को सातादेखि वर्षाको सम्भावना छ र आँखा पोल्न छोड्ला’, मौसमविद् विनोद पोखरेलले ट्वीटरमा लेखेका छन्।

आईक्यूएयरको तथ्यांकअनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघन्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ। मंगलबार २२५ मापन भएको थियो।

पहिलो स्थानमा रहेको दिल्लीमा बिहान ३३६ प्रतिघन्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ। जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ। १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ  यसअनुसार काठमडौं निकै अस्वस्थकर तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्