१९ चैत, काठमाडौं । नयाँ दिल्लीका लागि नेपाली राजदूत शंकर शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले सोमबार अपराह्न आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल भारत सम्बन्धको बहुआयामिक पक्षमा कुराकानी भएको राजदूत शर्माले उल्लेख गरेका छन् ।











