तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेतासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशम्शेर राणासहित ११ जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ।

प्रहरीका अनुसार तीनकुने घटनामा पक्राउ परेका ४१ जनामध्ये ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ, जबकि अरू ३० जनालाई अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने निर्णय गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिँदै भने, “मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्न तयारी गरिएको छ।”

प्रहरीले यी नेताहरूलाई म्याद थपका लागि अदालतमा पेश गरेपछि थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढ्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्