राजावादीको आन्दोलन थप उग्र बनाउने २ जना प्रहरी नियन्त्रणमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १६ । शुक्रबार भएको प्रदर्शनलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सन्तोष राजावादी र पशुपति खड्का छन् । उनीहरुलाई बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले अनलाइनखबरलाई बतायो । प्रहरीले यसअघि आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंका सहयोगी एवं रोयल टाक्स फोर्स ९आरटीएफ० का संयोजक मुनिन्द्रराज भण्डारीलाई पक्राउ गरेको थियो ।

हालसम्म यो प्रकरणमा १११ जना पक्राउ परिसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन् । शुक्रबारको घटनामा दुई जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्