पूर्वराजाका समर्थकले गरेको तोडफोड अनुगमनमा निस्कँदै गृहमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १६ । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् । 

अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ । 

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्