कैलालीमा आगलागीबाट एक घर जलेर नस्ट

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, २ मंसिर

कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो ।

परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् ।

आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्