निरन्तर छलफल भएपनि सत्ता गठबन्धनमा सिट बाँडफाँड हुन सकेन

खबर बुक
  • ख-
  • ख+

सत्ता गठबन्धनले लामो समयदेखि नै प्रदेश र प्रतिनिधि सभाको लागि हुन लागेको चुनावमा सिट बाँडफाँड गर्ने भनेपनि त्यसो हुन सकेको छैन ।

हिजो बसेको बैठकमा पनि दलरूले आआफ्नै अडान दोहो¥याएपछि सिटको टुङ्गो लाग्न सकेन ।

हिजोको बैठकले अब दलहरूले आ–आफ्ना पार्टीभित्र छलफल गरेपछि गठबन्धनको बैठक बसेर सिट बाँडफाँट गर्ने सहमति गरेका छन् ।

कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले न्यायोचित तथा सम्मानजनक हिसाबले सिट बाँडफाँट हुने दाबी गर्नुभयो ।

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रबारे एक–एक गरेर त्यहाँ कुन दलले कति मत ल्याएको छ भन्नेलगायत कार्यदलले अध्ययन गरेको थियो ।

त्यसकै आधारमा सबै पार्टीले पूर्ण सिट सङ्ख्या भन्दा बढी दाबी गरेपछि दलहरू समस्यामा परेका हुन् ।

यसअघि कार्यदलमा काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । यो सिटमा सबै दलले घट्ने गरी सहमति गर्ने तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्