नेपालमा रेडियो दिवस विभिन्न कार्यक्रमसहित मनाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । विश्व रेडियो दिवस नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइएको छ। यस वर्षको रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा रेडियोको महत्त्व र यसको प्रयोगका विषयमा बिभिन्न वक्ताहरूले विचार व्यक्त गरेका थिए।

सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसको रूपमा मनाउन प्रस्ताव गरेपछि, राष्ट्रसङ्घीय महासभाले २०१२ मा यसलाई अनुमोदन गर्यो। त्यसयता, यो दिवस मनाउन प्रारम्भ भएको हो।

कार्यक्रममा वक्ताहरूले सञ्चारमाध्यम, विशेष गरी रेडियो, ले प्रवाह गर्ने सूचनाले नागरिकको जीवनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए। उनका अनुसार, रेडियोको माध्यमबाट सूचना प्रवाहमा नागरिकको व्यापक पहुँच उपलब्ध रहेकोले यसलाई उपयोग गर्ने महत्त्वपूर्ण अवसर रहेको छ।

कार्यक्रममा वनमन्त्री ऐन बहादुर शाही ठकुरीले मौसम र जलवायु सूचनाको सुनिश्चितता गर्न रेडियोको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले भने, ूदेशभर रहेका सामुदायिक रेडियोहरूको उपयोग गरेर जलवायु परिवर्तन र त्यसको प्रभावहरू न्यूनिकरण गर्न विविध कार्यक्रम गर्न सकिन्छ।

मन्त्री शाही ठकुरीले दुर्गम र ग्रामीण इलाकामा सूचनाको पहुँच पुर्याउन रेडियोलाई एक अत्यन्त प्रभावकारी माध्यमको रूपमा रहेको बताए । त्यसैगरी, अन्य वक्ताहरूले रेडियो र अन्य सञ्चारमाध्यमहरूले अन्तर्राष्ट्रिय र सरकारी स्तरबाट प्राप्त आधिकारिक र सत्य समाचारलाई जनतासम्म पुगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्