खुमलटारबिरूद्द संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ पुस ।  संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ । 

सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण संकटाको यो जितसँगै तीन अंक जोडन समेत सफल भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटाको जीतमा पेम्बाको ले ह्याट्रिकसहित एल्सन राईले थप एक गोल गरेका थिए भने खुमलटारका लागि सूर्य थापामगरले मात्र गोल फर्काउन सफल भए ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्