उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादन तथा उत्पादकत्व सिर्जना हुने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले बैंक तथा वित्तीय संस्थामा रहेका पूँजीलाई उत्पादन तथा उत्पादकत्व सिर्जना हुने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको हो ।
बैंकर र उद्योगहरु एउटै व्यक्तिले सञ्चालन गर्ने र सेवामूखी भन्दा पनि नाफामूखी हुने प्रवृतिको अन्त्य हुनुपर्ने उहाले बताउनुभयो । मन्त्री भण्डारीले अहिले प्राप्त गरेका सफलतामा पनि राजनीतिक नेतृत्वको भूमिका रहेको र अहिलेको आर्थिक असफलताको दोषी पनि राजनीतिक नेतृत्व नै भएको धारणा राख्नुभयो । यसअघि बनाएका नीति अहिले बाधक र बोझिला बनेकाले त्यसलाई सुधार गर्ने आवश्यकता सरकारले देखेको उहाको भनाइ छ ।
उहाले नीतिगत सुधारका लागि संविधान संशोधन गर्न ठूलादलबीच सहमति नै भइसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनको प्रभावकारितामा अभिवृद्धि गरिनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाले राजस्वको दर भन्दा दायरा अभिवृद्धि गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थामा वैदेशिक लगानी भित्र्याउनका लागि ल्याउनका लागि आवश्यक नीति तथा वातावरणमा सहजीकरण गरिनुपर्ने धारणा राख्नुभयो । बाइट……
त्यस्तै पौडेलले पूँजी निर्माण तथा परिचालनमा सहयोग पुग्ने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण हुने व्यवस्थामा सहजीकरण हुनुपर्ने उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय संस्था तथा जग्गा व्यवसायीहरुको हकमा जग्गा हदबन्दी नलाग्ने व्यवस्था गरिनुपर्ने समेत उहाको भनाइ छ ।











